दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

काठमाडौं । यस वर्ष दशैंदेखि छठसम्म हवाई यात्रुहरुले भाडामा १० प्रतिशत छुट पाउने भएका छन् । आगामी असोज १२ गतेदेखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका हुन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छुट दिने निर्णय लिएको हो ।

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो । विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक बायुसेवा कम्पनीले लिने भाडामा छुट दिन लागिएको आयोनका अध्यक्ष क्या. रामेश्वर थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?