मेयरको कार्यकक्षमा कस्ले गर्यो आगजनी ?

काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका मेयरको कार्यकक्षमा आगजनी भएको छ । प्रहरीका अनुसार आगजनीबाट मेयर महादेव बजगाईको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको छ । कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले घटनास्थलमा गएर हेर्दा कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताउनुभयो ।

साथै मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ । आगजनी के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । यद्यपी मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?