घरबेटीले बत्तिको पैसा धेरै उठाएका छन् ? कुलमान भन्छन्, ‘बढी महसुल लिए घरबेटीलाई कारबाही हुन्छ ‘

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरभाडामा बस्नेसँग नियमभन्दा धेरै विद्युत शुल्क असुली गर्ने घरबेटीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडामा बस्नेसँग धेरै विद्युत महसुल नलिन र त्यसो गरे कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिने गरेको भनेर गुनासो आएको भन्दै निर्देशक घिसिङले भाडामा बस्नेसँग नियम विपरीत शुल्क नलिन आग्रह गर्नुभएको छ ।

‘प्राधिकरणलाई घरबेटीले जति तिर्छन् त्योभन्दा धेरै भाडामा बस्नेसँग लिन पाइँदैन,’ उहाँले भन्नुभयो, ’घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणले तोकेभन्दा धेरै शुल्क लिएको भेटिए कारबाही हुन्छ ।’
घिसिङले प्राधिकरणले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको प्राथमिक शेयर निष्काशन गर्ने योजना रहेको पनि जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?