कांग्रेसले अवरोध गरेपछि भोलि बस्नेगरी दुवै सदनको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणको विषयमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेपछि सोमबार बस्ने गरि आजको बैठक स्थगित गरिएको हो ।

शुरुमा १० मिनेटका लागि स्थगित गरिएको बैठक पछि बस्न नसकेपछि भोलि सोमबार दिउँसो ३ बजे सम्मको लागि सुचना टाँस गरि बैठक स्थगित गरिएको हो ।

आइतवारको प्रतिनिधिसभाको बैठकमा घटनाको बारेमा चित्त बुझ्दो जवाफ नदिए संसद अबरुद्ध गर्ने चेतावनी दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त घटना निन्दनीय र असंवैधानीक रहेको बताउनुभएको थियो ।

यसैबीच राष्ट्रिय सभाको बैठक पनि भोलि ११ बजे बस्नेगरी स्थगित भएको छ ।

गत बिहीवार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?