काठमाडौंमा असोज २ गतेबाट टेक्स्टायल प्रदर्शनी हुदैँ

काठमाडौं । काठमाडौंमा आगामी असोज २ गतेदेखि टेक्स्टायल प्रदर्शनी हुने भएको छ । कपाड र त्योसँग जोडिएका सबै उत्पादन तथा प्रविधिलाई एकै ठाउँमा प्रदर्शन गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिनुभयो ।

अध्यक्ष गोल्यानका अनुुसार नेपालबाट अहिले धागो मुख्य निर्यातजन्य वस्तुका रुपमा स्थापित भएपनि योसँगै जोडिएका अन्य उद्योगले धेरै फस्टाउन नसकेको अवस्थामा यस्ता प्रदर्शनीबाट नेपाली उत्पादन र उद्योगको सक्षमता देखाउन खोजिएको हो ।

प्रदर्शनीमा सबैथोक नेपालमै उत्पादन भएका तयारी वस्तुको राखिने साथै गुणस्तर र मूल्य पनि उपभोक्ताले एकै ठाउँमा थाहा पाउने र नेपाली उत्पादनको ब्रान्डिङ हुने गरि राखिने उहाँको विश्वास रहेको छ ।

प्रदर्शनीमा नेपाली पोषकलाई फ्याक्ट्रिकै मुल्यमा दिने तयारि रहेको समेत उहाँले जानकारी दिनुभयो । साथै उक्त प्रदर्शनी असोज ६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?