अभिभावक तीर्थ गएको बेला ढोका फोडेर १७ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । सप्तरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीले बलात्कारको उजुरी दर्ता गरेको छ ।

पीडितसँगै जिल्ला प्रहरी कार्यालय आउनुभएकी पीडितकी दिदीले बलात्कार गर्ने आरोपित छिन्नमस्ता गाउँपालिका-६ का २८ वर्षीय चन्दन सदाविरुद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

घरका अभिभावक तीर्थ गर्न भारतको झारखण्डस्थित वैद्यनाथ धाम गएको मौका छोपी सुतिरहेका बेला बाँसले बेरेको टाँटी उप्काएर घरभित्र प्रवेश गरेका आरोपितले गत बुधबार राति साडीले मुख बाँधेर बलात्कार गरेको पीडितले बताउनुभयो ।

पीडितकी दिदीले आरोपित भाग्ने क्रममा उनको साँचो छुटेको र प्रमाणस्वरुप प्रहरीलाई बुझाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?