स्वर्ण पदक विजेता प्रिन्स स्वदेश फिर्ता

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु-१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए ।

दुबईमा आइतबार सम्पन्न फाइनल खेलमा प्रिन्सले विश्वको नवौँ बरियताका खेलाडी भारतका वरुण कपुरलाई २-० सोझो सेटमा पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले वरुणलाई कपुरलाई २१-१९ र २१-१९ अङ्कले हराएका थिए ।

प्रिन्सले उक्त प्रतियोगितामा यु-१९ मिक्स डबल्स र यु-१९ ब्वाइज डबल्समा समेत नेपाललाई रजत पदक दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?