असोजभित्र क्यानको निलम्बन फुकुवा हुन्छ : सदस्यसचिव सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले आगामी अक्टोबरमा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुने दाबी गर्नुभएको छ । काठमाडौमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सदस्यसचिव सिलवालले अक्टोबरमा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बोर्ड बैठकले नेपालको फुकुवा हुने बताउनुभयो ।

’आज आईसीसीका प्रतिनिधिसँग छलफल भयो । अक्टोबरको मिटिङबाट फुकुवा हुन्छ,’ सदस्य सचिव सिलवालले भन्नुयो, ’ग्रासरुट क्रिकेटको बारेमा समेत छलफल भएको छ ।’

सिलवालले अक्टोबर १२ र १२ मा आईसीसीको बैठक बस्ने र नेपाललाई त्यहिँ बैठकले फुकुवा गर्ने बताउनुभयो ।

सदस्य सचिव सिलवालले सोमबार बिहान आईसिसीका पदाधिकारीसँग छलफल गर्नुभएको थियो । छलफलमा आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख तथा आईसीसी गठन गरेको स्वतन्त्र कमिटिका सदस्य राजेश्वर श्रेष्ठ रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?