कागबेनीमा सोह्र श्राद्ध गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग

काठमाडौं । विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन ।

दुवै समितिले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक सदभावमाथि समेत खलल पु¥याउने गरी सो कार्यमा केही समूह लागेको उल्लेख गर्दै उनीहरुलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेको हो । पीतृहरुलाई पिण्डदान गर्न नदिएको सो घटना सैह्य नहुने भएकाले त्यस्ता समूहलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु परेको विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिनु भयो । उहाँले मुक्तिनाथ मन्दिरको भेटीघाटी तथा अन्य सम्पत्तिको पनि उचित व्यवस्थापन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुक्तिनाथ मन्दिरका पूजारीलाई तलवको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?