अन्तर्राष्ट्रिय नगरका प्रमुख तथा प्रतिनिधिसँग महानगर प्रमुख शाक्यको छुट्टाछुट्टै भेट

काठमाडौं । इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आएका अन्तर्राष्ट्रिय नगरका प्रमुख-उपाध्यक्ष तथा प्रतिनिधिहरुले महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

भेटमा आपसी हित र नागरिक सहभागिता बढाउने कार्यक्रमका बिषयमा कुराकानी भएको छ । भेटका क्रममा महानगर प्रमुख शाक्यले इन्द्रजात्रासँगै काठमाडौंमा भएका जीवन्त सांस्कृतिक सम्पदाका बारेमा आफ्ना नागरिकलाई सुनाउन आग्रह गर्नुभयो ।

मेयर शाक्यले भन्नुभयो, “अन्तर्राष्ट्रिय नगर साझेदारि कार्यक्रममा सकेसम्म नागरिक आफैं सहभागी हुने नत्रभए पनि महसुस गर्ने कार्यक्रम हाम्रा प्राथमिकतामा पर्छन् । सांस्कृतिक पक्षको आदानप्रदानसँगै पूर्वाधार बिकास, स्वास्थ्य, शिक्षा, खेलकुद, सामाजिक बिकास, व्यापार वाणिज्य, पर्यटनलगायतका क्षेत्रमा साझा कार्यक्रम तय गरौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?