प्रहरीद्वारा विप्लवको कार्यालयमा छापा, हतियारसहित गोप्य दस्तावेज बरामद

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।

बिर्तामोड नगरपालिका वडा नं-४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको भूमिगत कार्यालयमा प्रहरीले छापा मारेको हो । प्रहरीले केही हतियारसहित विप्लव समूहको गोप्य तथा महत्वपूर्ण दस्तावेज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनीले चलाएको अपरेशनका क्रममा विप्लव समूहका तीन जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारुमगर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?