ग्रामीण विकास लघुवित्तको सेयर बिक्रि गर्न राष्ट्र बैंकले निकाल्यो यस्तो सुचना

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगानी गरेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर बिक्रि गर्ने भएको छ ।

प्रति शेयर १ सय अंकित दरको जम्मा २,९९,९८२ कित्ता शेयर बैंकले लिलाम बढाबढको माध्यमद्वारा बिक्रि गर्न लागेको हो । साथै शेयरहरु खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले २०७६ साल कात्तिक ४ गते भित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दररेटमा खरिद गर्न कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्न समेत आह्वान गरेको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको विद्यमान संस्थापक शेयरधनीले मात्र सेयर खरिद गर्न पाउने सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?