कर्मचारी संचय कोषको पुँजी ३ खर्व नाघ्यो

काठमाडौं । कर्मचारी संचय कोषको रकम ३ खर्व ९ अर्व ८५ करोड पुगेको छ ।

कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो । त्यसमध्ये ३ खर्व ३८ अर्व ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो ।

कोषले गत श्रावण महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ । कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ । प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताउनुभयो । त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ ।

कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ताहरु रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य विमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी कोषले संचयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?