उत्तर कोरियाले हानेको क्षेप्यास्त्र आफ्नै शहरमा खसेपछि…

सोल, २२ पुस । उत्तर कोरिया आफैंले प्रहार गरेको क्षेप्यास्त्र उत्तर कोरियाकै एउटा सहरमा घसेको समाचार बाहिर आएको छ । परीक्षणका क्रममा त्रुटि हुँदा सो क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खसेको हो ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा यसबारेमा उल्लेख गरिएको हो । सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन स्टडीज’ का अनुसन्धानकर्ता डेभ सिजमर्लरले सो विश्लेषणमा यो कुरा उल्लेख गरिएको छ गत वर्षको अप्रिल २८ मा उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र आफ्नै देशमा खसेको हो । अमेरिकी सरकारी स्रोतहरूले क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसक्दा यस्तो घटना घटेको बताएका छन् टोकचोन शहरमा खसेको ह्वासङ–१२ नामक सो क्षेप्यास्त्र मध्यम दूरीको रहेको बताइएको छ । अप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको सो क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?