चाडपर्वको अवसरमा रनर मोटरसाइकलले ल्यायो धमकेदार अफर

काठमाडौं । बंगलादेशको एक प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं , तिहार तथा छठको अवसरमा विशेष अफर ल्याएको छ । उक्त योजना अन्तर्गत रनर मोटरसाइलको खरिदमा नगद २० हजारसम्म छुटको व्यबस्था गरेको छ ।

रनर मोटरसाइकलको नेपालका लागी आधिकारीक बिक्रेता रमण मोर्टसले ग्राहकहरुका लागी यस्तो योजनाको घोषणा गरेको हो ।
साथै चाडपर्वभरिमा खरिद गरेका प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाँउने रमण मोटर्सका बिजनेश डेभलेपमेन्टका हेड सन्तोष न्यौपानेले बताउनुभयो ।

रमण मोटर्सको देशैभरी करिब २५ स्थानमा डिलर रहेको छ । साथै सर्भिस र स्पेर्य पार्टसको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मुल्याङ्कन र स्पट फाईनान्स सहित विगत केहिवर्ष देखी मोटरसाईकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।

हाल नेपालमा रनर मोटरसाईकलको ८० सीसी देखी २०० सीसीसम्मका मोटरसाईकल र ११० सीसी को स्कुटर बिक्री भईरहेको छ । त्यसमा पनी रनर हक २०० सीसी अफरोड मोटरसाईकल ग्राहकहरुले धेरै रुचाईएका पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?