असोज २ गते देशका सबै सरकारी अस्पतालमा ओपिडी सेवा नि:शुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालले नि:शुल्क सेवा प्रदान गर्ने निणर्य गरेको छ ।
असोज ३ गते पर्ने संविधान दिवसको अवसर पारेर मन्त्रालयले असोज २ गते देशभरका सबै सरकारी अस्पतालहरुमा ओपीडी सेवा नि:शुल्क दिने निणर्य गरेको हो ।
असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट नि:शुल्क गर्न सोमबार सूचना निकालेर मन्त्रालयले निर्देशन दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?