आज पनि मौसम प्रतिकुल, ‘हिमाल आरोहण नगराउनू’ भन्दै नोटिस निकाल्यो पर्यटन विभागले

काठमाडौं – आज असोज १ गते तर मौसम असार १ गतेको जस्तै छ । सडकहरु ठ्याक्कै रोप्न ठिक्क पारिएका खेतहरु जस्तै छन् । बाटोहरु हिडिसाध्य छैनन् । यसैबिच अंग्रेजी सेप्टेम्बर १८ मा हिडिरहँदा सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० आउनको लागि जम्मा ३ महिना बाँकी छ । पर्यटकहरुको लागि आवश्यक पूर्वाधार बाटोघाटो निर्माण गर्नुपर्ने यो समयमा अविरल वर्षा भएका कारण नवनिर्माण हुन सकेको छैन । पूर्नर्निमाण पनि रोकिएको छ । यस्तै नेपाल घुम्न आएका पर्यटकहरु पनि विभिन्न स्थानमा होल्ड हुनु परेको छ । हिजोमात्रै लुक्लाबाट हेलिकप्टरमा काठमाडौंमा आएका पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ल्याण्ड गर्न समस्या भएपछि अन्तै डाईभर्ट गुर्नपरेको थियो । नेपालमा हिमाल आरोहणको सिजन भएकाले यतिबेला पर्वतारोहरण एजेन्सीमार्फत केही आरोहणमा छन् भने केही जाने क्रममा छन् । तर मौसम प्रतिकुल भएका कारण विभागले एजेन्सीहरूलाई निर्देशन दिदै भनेको छ, ”असोज २ सम्म आरोहणमा नपठाउनू ।”
पर्यटन विभागले एक सचेतता सूचना जारी गर्दै आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गर्दै निर्देशन दिएको छ । आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई विभागले आग्रह गरेको हो ।

सोमबार रातिदेखि परेको वर्षा मंगलबार दिनभर कायम रह्यो । मौसम पूर्वानुमान विभागका अनुसार अझै तिन दिन वर्षा हुनेछ । असोज २ सम्म मौसम प्रतिकूल हुने रिपोर्ट आएको उल्लेख गर्दै विभागले आफूमार्फत विभिन्न हिमाल आरोहणमा गएकाहरूको सुरक्षित बसोबास मिलाउन र उनीहरुको सम्पूर्ण सुरक्षा गरिदिन एजेन्सीहरूलाई निर्देशन दिएको छ । एजेन्सीहरूले पर्वतारोहीहरूको सुरक्षामा ध्यान नदिँदा बेला–बेला अप्रिय घटना हुने गरेको छ ।
यसअघि सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा टाफिक हुँदा आरोहिको मृत्यु भएको भन्दै सरकारको आलोचना भएको थियो । विभागको यो नोटिसलाई सामाजिक सञ्जाल प्रयोकर्ता तथा एजेनसीहरुले पनि सेयर गरेका छन् ।

यो पनि ..

आज दिनभर वर्षा हुने, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

 -एकानब्बे ९९१० महत्वपूर्ण टिप्सहरु ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?