अरुण दुर्घटना अपडेट : हराएका ६ जना अझै भेटिएनन्

काठमाडौं । अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको छ । बिरामी बोकेर संखुवावासभाको खाँदबारीबाट धरानतर्फ जाँदै गरेको
को १ ज ३७४९ नम्बरको बोलेरो गाडी मंगलबार राति अरुण नदीमा खसेको थियो ।

प्रहरीका अनुसार घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि खोजी गर्न सक्ने अवस्था छैन् । गोताखोरको टोली मगाए पनि मौसम खराबीका कारण त्यहाँ पुग्न नसकेको प्रहरीको भनाइ छ ।

मंगलबार राति अन्दजी १० बजे जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ महिने बिरामी छोरालाई लिएर आउँदै गरेको जीप नदीमा खस्दा श्रेष्ठकी श्रीमती र छोरासहित ६ जना हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?