काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपालमा गरेको ह्याकिङ प्रकरणपछि बन्द भएको अन्तर बैंकिङ कारोबार बल्ल सुचारु भएको छ । अब सेवाग्राहीले सास्ती खेप्नुपर्ने छैन । ह्याकरले बिभिन्न बैंकको सिस्टम ह्याक गरि ३ करोड भन्दा बढि रकम निकालेपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम नेप्सले अन्तरबैंकिङ कारोबार रोकेको थियो ।
नेप्समा बैंक अफ काठमाण्डू, सिटिजन्स, देव विकास, एपेक्स डेभपलपमेन्ट, ग्लोबल आइएमइ, जनता, ज्योति विकास, लुम्बिनी विकास, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनआइसी एसिया, ओम डेभलपमेन्ट, प्रभु, प्राइम, साङ्ग्रिला, शाइन रेसुङ्गा, सिद्धार बैंक र सनराइज बैंक आबद्ध छन्।
ग्राहकहरुलाई धेरै सास्ती भएको भन्दै राष्ट्र बैंकले दुइ हप्तापछि बल्ल कारोबार सुचारु गरेको हो । अन्तर बैंकिङ कारोबार रोकिएपछि नेपालका साथै भारतका ग्राहकहरुलाइ पनि धेरै अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकले नेपालबाटै भुक्तानीको समेत प्रबन्ध मिलाएको थियो ।
अब नेप्स अन्तर्गतका जुनसुकैको पस मेसिनबाट भुक्तानी लिन सकिने छ । पस मेसिन नचल्दा काठमाडौं लगायत मुलुकका बिभिन्न भागमा रहेका होटल , रेष्टुरेन्ट , सुपरमार्केट लगाएतका ग्राहक तथा उपभोक्तालाइ समस्या परेको थियो ।
ह्याकिङ प्रकरण पछि सुरक्षालाइ मध्यनजर राख्दै जुन बैंकमा हो त्यहि बैंक एटिएमबाट मात्र पैसा निकाल्न सकिने व्यबस्था रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया