अबको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने

काठमाडौं, २२ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने स्पष्ट पारेका छन् राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने, “अब बस्ने क्याविनेटमा प्रदेश प्रमुखहरुको नियुक्ती हुन्छ, हामी त्यसको लागि पूरै तयारीमा जुटिसकेका छौं, तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौं ।”उनले आगामी मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुखहरुको नियुक्ती गरिए पनि अस्थायी राजधानी तोकिने काम भने नहुने जिकिर गरे प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा सल्लाह गर्दा अन्य दलहरुले यसमा आफरुहरुको चासो नभएको भन्दै उम्किने काम गरेकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?