काठमाडौं, २२ पुस । नागार्जुन नगरपालिकामा निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको छ। नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाईको आयोजना र नागार्जुन नगरपालिकाको सहयोगमा शिविर आयोजना गरिएको होशिविरको उद्घाटनपछि नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आयुर्वेद विकास र विस्तार गर्न तत्काल उच्चस्तरको आयुर्वेद प्रतिष्ठान स्थापना गरिनुपर्ने बताएनागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासमा सहयोग गर्न तयार गरेको बताए। यस्तै नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्नेले नेपालमा आवुर्वेद शिक्षाको प्रभावकारीता र आवश्यकता उत्तिकै रहेकोले यसको विकासमा नेविसंघको पनि विशेष चासो रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय शुशिल भट्टले आयुर्वेद शिक्षा र चिकित्साको विकासको निम्ति सरकारको विशेष चासो जानुपर्नेमा जोड दिए नेपाली कांग्रेस काठमाडौँ ७ का सभापति एवं काठमाडौ महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रिजालले संघीयतामा आयुर्वेदको स्वरूप निर्धारण गर्न केन्द्रदेखि स्थानीय निकायसम्म आयुर्वेदका स्वतन्त्र संस्था स्थापना हुनुपर्ने र प्रत्येक गाउँपालिका देखि चिकित्सक सहितको सेवा प्रदान गर्नुपर्ने बताएनेविसंघ आयुर्वेद क्याम्पस इकाई सभापति डा महेश्वर भट्टले आयुर्वेदको विकास र जनचेतनामा लागि शिविर आयोजना गरिएको जानकारी दिदै अन्य स्थानमा पनि शिविर सञ्चालन गरिने जानकारी दिए । शिविरमा स्वास्थ्य परिक्षण, स्त्री र बाल रोग परिक्षण, योगभ्यास, निस्शुल्क औषधी वितरण गर्ने व्यवस्था गरिएको थियो। उक्त स्वास्थ्य शिविरबाट झण्डै पाँच सयले स्वास्थ्य सेवा लिएका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया