काठमाडौं । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।
यस भूकम्पलाई शुरुमा ५।६ म्याग्निच्युड भएको जनाइएको थियो । तर केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकारी अल्फाथ अबुबाकरले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिनु भएको छ ।
यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया