विप्लवका महोत्तरी सेक्रेटरी आले पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका महोत्तरी सेक्रेटरी भिम बहादुर आले पक्राउ परेका छन् ।
उनलाई बिहीबार राति गौशाला नगरपालिका वडा नम्बर ८ स्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
सेक्रेटरी आले माथि विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनिमाथि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप समेत लगाइएको छ ।
यसअघि सोहि आरोपमा महोत्तरीका इन्चार्ज रुप बहादुर कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?