एनआरएन अध्यक्षमा कुमार पन्तको उम्मेद्वारी

काठमाडौं । एनआरएन अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि उम्मेद्वारी घोषणा गरेका हुन् ।

लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी,, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनमा व्यापक सहभागीता गराउने मुल मन्त्रका साथ आफूले उम्मेद्वारी घोषणा गरेको पन्तले जानकारी दिए ।

उनले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, बृटिश भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने विशेष कार्य्सूची रहेको बताए ।

यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजन २०२० को एजेन्डालाई अघि बढाउने लगायत पनि उनले प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?