काठमाडौं । अबदेखि बिपी राजमार्गमा सवारी चलाउँदा सडक दस्तुर तिर्नुपर्ने भएको छ । सडक बोर्ड नेपालले असोज १ गते बुधबारदेखि लागू हुनेगरी बिपी राजमार्गमा सडक दस्तुर उठाउने निर्णय गरेको हो ।
अब धुलिखेलदेखि खुर्कोटसम्मको खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मसिनरी) ले १२५ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै हलुका सवारी साधन (कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ५० रुपैयाँ तथा तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै खुर्कोट–सिन्धुली–बर्दिवास सडक खण्डमा भारी सवारी साधन ले ११५, हलुका सवारी साधनले ४५, तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्ने निर्णय गरिएको छ ।
सडक दस्तुरबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ । बिपी राजमार्गमा पहिलो पटक सडक दस्तुर उठाउन थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया