गाउँमा सडक पुग्न लागेपछि स्थानीयबासिन्दा खुशी

बाह्रबिसे, सिन्धुपाल्चोक, २३ पुस- बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा थिए बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाँउमै कालोपत्रे सडक पुग्न लागेपछि अब दुःखका दिन गए भन्दै रमाए । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर उकालो चढ्नुपथ्र्यो, आज कालोपत्रे सडकका लागि मन्त्रीज्यूले उद्घाटन गर्नुभयो,”– उनी भन्छन यस्तै सोही गाउँकी ५० वर्षीय बच्चुदेवी तिमल्सेना पनि खुशी देखिन्थिन । “हाम्रा पालामा तीन घण्टा हिँडेर पढ्न जान परेको थियो, अब सडक आएपछि बसमा राखेर नातिनातिना पढाउन पाइने भयो,”– उनी भन्छिन यसैगरी ठोट्नेका ४१ वर्षीय रामलाल विश्वकर्मा श्रमदान गरेर बाटोको डोरेटो खोलेर कालोपत्रे हुन लागेकोमा निकै हर्षित थिए बाह्रबिसे– ओमपार्क सडकको शुक्रबार शिलान्यास गरेसँगै बाह्रबिसे, ठोट्ने, रातामाटे हुँदै ओमपार्क क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ । कुल १४.२ किलोमिटर लम्बाइको उक्त सडक रु ३३ करोड ३० लाखको लागतमा निर्माण हुन लागेको हो निर्माणको जिम्मा पाएको जोइन्ट भेन्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले निर्माणमा कुनै बाधा व्यवधान नआए तोकिएको समयभन्दा चाँडो निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेपछि गाउँले झन खुशी भएका छन् सोही क्षेत्रका निवर्तमान सांसद एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा उक्त सडकखण्डमा रकम विनियोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?