सेयर बिक्री गर्न कुमारी बैंकले माग्यो धितोपत्र बोर्डसँग अनुमति

काठमाडौं, २३ पुस । कुमारी बैंकले चुक्ता पूँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजारको २० हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ बैंकले दश बराबर दुई अनुपातमा एक करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो अघिल्लो आर्थिक वर्षको चैत ९ गते सम्पन्न १६ औं वार्षिक साधारणसभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको थियो बैंकले हकप्रद बिक्री गर्न एनआइबिएल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । चार संस्थालाई एक्वायर गरेर असार १२ गतेदेखि एकीकृत कारोबार गरेको बैंकले राष्ट्र बैैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८ अर्ब कायम गर्न हकप्रद निष्कासन गर्न लागेको हो बैंकको २० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार पुग्नेछ । अपुग रकम बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस वितरण गरेर पुरा गर्नेछ बैंकले चालु आवको पहिलो त्रैमासमा ११ करोड २० लाख ९६ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?