एएफसी यु-१६ च्याम्पियनसिप : नेपाल र श्रीलङ्का भिड्दै, जितको खोजीमा नेपाल

काठमाडौं । जोर्डनमा जारी एएफसी यु-१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ ।

श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग ७-० गोलले हारेको थियो भने कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८-० गोलले पराजित भएको थियो ।

नेपाल एएफसी यु-१६ च्याम्पियनको छनोटबाट बाहिरिएको छ । श्रीलङ्का पनि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?