नक्कली धितोमा ऋण दिएको अभियोगमा बैंकका पूर्व सीईओसहित ११ जना पक्राउ

काठमाडौं । नक्कली धितोमा ऋण दिएको अभियोगमा बैंक अफ काठमाण्डूका तत्कालीन सीईओसहित ११ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए ।

खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेका छन् ।

पूर्वसीईओ श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी छन् । बाँकी ऋणीहरू रहेको सीआईबीले जनाएको छ ।

उनीहरुलाई एकै पटक भने पक्राउ गरिएको होइन । विभिन्न समयमा पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?