प्रभु बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन

काठमाडौं, २३ पुस । नेपाल स्टक एक्सचेञ्जले आइतबार प्रभु बैंकसहित पाँच कम्पनीको सेयर मूल्य समायोजन गरेको छ एकैदिन दुई कम्पनीको हकप्रद तथा तीन कम्पनीको बोनसपछि आइतबार सेयर मूल्य समायोजन भएको हो प्रभु बैंक र लुम्बिनी विकास बैंकले जारी गर्न लागेका हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको छ सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंक तथा अपि पावर कम्पनीको गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका बोनसलाई समायोजन गरि मूल्य कायम गरिएको छ आइतबार पाँचै कम्पनीको सेयर कारोबार समायोजन भएको मूल्यलाई आधार मानेर खुला हुनेछ यस आधारमा गत विहीबारसम्म कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको बोनस तथा हकप्रद पाउनेछन् भने आइतबार समायोजन पछिको मूल्यमा सेयर किनेर सेयरधनी बन्नेले भने बोनस तथा हकप्रद पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?