भुटानको अग्रता : नेपाल १ गोलले पछाडि

काठमाडौं । तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

एपीएफको हलचोक मैदानमा नेपालविरुद्ध भुटानले १ गोलले अग्रता बनाएको छ । खेलको ४१ औं मिनेटमा भुटानले गोल गरेको छ ।

निकै अवसरहरु गुमाउदै नेपालले पहिलो हाफ सकिदा कुनै गोल गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?