केकि अधिकारीसहित सुटिङ गर्न हिडेका कलाकार सवार गाडी दुर्घटना

काठमाडौं । काठमाडौबाट सुटिङका हिडेको गाडी रौतहटमा दुर्घटना भएको छ । सामाजिक गितको लागि छायांकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियोे । गाडिमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा,नायिका केकि अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाकार आलोक सुक्ला, कलाकार बिजय यादव निर्बिज,चालक सुजन पोखरेल लगायत मध्ये केहिलाई समान्य चोटपटक लागेको छ ।

दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनी छायांकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताउनुभयो । कटहरियास्थित सामान्य उपचारपछि कलाकारहरु रेस्टमा रहेका छन ।

बालबिवाह,दाइजो प्रथा, छोरिलाई छोरासरह पढाउने जस्ता चेतनाको लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा सङ्हिय सान्सद प्रभु साहको लगानीमा उक्त गितहरुको छायांकन हुनलागेको फिल्म निर्देशक पुर्नेन्दु झाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?