काँग्रेस नेतृ राणाद्वारा धनगढीमा नदीकटान क्षेत्रको अवलोकन

गगन अयडीकैलाली, २३ पुस । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व सांसद आरजु राण देउवाले धनगढी उपमहानगरपालिका क्षेत्रमा नदी कटान क्षेत्रको अवलोकन गरेकी छन् यो क्षेत्रमा पर्ने मोहना, शिबगंगा र खुटियाजस्ता ठूला नदीले वर्सेनि खेतीयोग्य जमिन कटानी गर्ने गरेका छन् । नेतृ राणाले कैलालीका नदी कटान क्षेत्रमा तटबन्धनका लागि तत्कालै टेण्डर प्रक्रिया अगाडि बढ्ने आश्वासन दिइन् राणाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद नारदमूनि रानालाई सो विषयमा पहल गर्न आग्रह गरिन् । जनताको सुरक्षासँग जोडिएको नदी कटान समस्या समाधानका लागि सरोकारवालाले हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा उनको जोड थियो मोहना नदीले धनगढी उपमहानगरपालिका १९ खेदा, वडा नम्बर १४ शिबताल, साजघारी, वडा नम्बर ३ भन्सारलगायतका क्षेत्रमा ठूलो मात्रामा जमिन कटान गरेको छ शिवगंगा र खुटिया नदीलेसमेत खेतीयोग्य जमिनका साथै दर्जनौं स्थानीयको घरबार बगाउने गरेको छ । कैलालीको धनगढी उपमहानगर क्षेत्रभित्र हुने यो नदी कटान स्थानीय र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा चुनाबी एजेण्डा समेत बनेको थियो धनगढी क्षेत्रमा खेदामा र शिबताल क्षेत्रमा कटान हुँदा ठूलो संख्यामा स्थानीयहरु विस्थापित हुने गरेका छन् । सो क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको फुलबारीका स्थानीयबासी मिना भण्डारीले बताइन् धनगढी उपमहानगरपालिकाको बजेटबाट केही क्षेत्रमा तड्बन्ध निर्माण समेत गरिएको छ । तर, त्यसले ठूला नदीको कटानलाई रोक्न सक्ने स्थिति नरहेको स्थानीयबासीको भनाई छ धनगढीको वडा नम्बर ७ र १५ को खुटीया क्षेत्रमा समेत ठूलो मात्रामा खेतीयोग्य जमिन कटानी भएको छ । निर्वाचनका समयमा चुनावका नारा बनाएकाले पूरा गर्दै जाने उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?