कान्तिपुरका मालिकविरुद्ध सुमार्गीले हाले २५ करोडको मुद्दा

काठमाडौं, २३ पुस । कान्तिपुरका कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइ पाउनु पर्ने माग दावीसहित काठमाडांै जिल्ला अदालतमा व्यापारी अजय राज सुमार्गीले गाली बेइज्जति मुद्दा दायर गरेका छन् । उनले आइतबार वारेसनामा मार्फत मुद्दा दर्ता गराएका हुन् । पछिल्लो कान्तिपुरले सुमार्गीको बारेमा समाचार लेख्दै आएको थियो भने सुमार्गीले आर्थिक बार्गेनिङ कैलाश सिरोहियाले गरेको आरोप लगाउँदै आएका छन् यसअघि कैलाशले सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैयाँ नेपाल ल्याएको समाचार आफ्ना संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरेका थिए । त्यसलगत्तै सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए सुमार्गीका कानुनी सल्लाहकार मोहन पोखरेलले र २५ करोड माग दावीसहित आइतबार काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?