‘रक्षा बजेटको २ प्रतिशत महिलालाई स्यानेटरी प्याड दिनमा लगाउ’

मुम्बई, २३ पुस । बलिउड नायक अर्थात हिन्दी फिल्मका ‘खेलाडी’ का रुपमा मानिने अक्षय कुमार केही वर्षदेखि देशप्रेमी र सामाजिक मुद्दामा जोडिएका फिल्म निर्माणमा लागेका छन् ‘ट्वाइलेट एक प्रेम कथा’, ‘एयरलिफ्ट’ र ‘बेबी’ जस्ता केही फिल्म यसका उदाहरण हुन् । अब अक्षय कुमार महिलाको मासिकश्रावका बारेमा जनचेतना फैलाउनका लागि फिल्म ‘प्याड म्यान’ लिएर आउँदैछन् तर ५० वर्षीय अक्षय कुमारलाई महिनावारीबारे पूरा जानकारी दुई वर्षअघि ‘प्याड मेन’ निर्माणका क्रममा प्राप्त भएको हो उनले भने, ‘जस्तो अरुको घरमा हुन्छ, मलाई पनि यो लुकाइएको थियो । मलाई थाहा थिएन । म पनि ठूलो हुँदै जाँदा विस्तारै थाहा हुँदै गयो । यी सबैका बारेमा मलाई दुई वर्षअघि थाहा भयो र मलाई लाग्यो कि यस प्रकारको फिल्मको आवश्यकता छ ।’यो फिल्म सस्तो प्याड मेशिन बनाउने अरुणाचलम मुरगुनाथमको कथाबाट प्रभावित छ । अक्षय कुमारले यसको एउटा कुराले आफ्नो मन छोएको बताए । उनले भनेका छन्, ‘यदि देशका महिला शक्तिशाली भए भने देश शक्तिशाली हुनेछ ।’आर बाल्कीको निर्देशनमा रहेको यो फिल्म ‘प्याड मेन’ मा अक्षय कुमारका साथै राधिका आप्टे र सोनम कपुरको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो फिल्म २६ जनवरीमा रिलिज हुनेछ अक्षयले यसमा देशको रक्षा बजेटमा हरेक बर्ष यति धेरै खर्च गरिन्छ तर देशका महिला सशक्त छैनन् भने त्यसको के फाइदा ? उनले रक्षा बजेटको दुई प्रतिशत हिस्सा महिलालाई निःशुल्क स्यानेटरी प्याड वितरण गर्नमा लगाउनुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?