सिन्धु विकास बैंकले संस्थापक सेयर लिलामी (बिक्री) गर्ने

काठमाडौं, २३ पुस । सिन्धु विकास बैंकले हकप्रदक अवितरित ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयर लिलामी (बिक्री) गर्ने भएको छ । बैंकले आगामी माघ २ गतेदेखि बिक्री खुला गर्न लागेको हो बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल र पोखराको चिप्लेढुङ्गाबाट लिलामी आवेदन गर्न सक्नेछन् त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट समेत लिलामी भर्न सकिने बिक्री प्रवन्धकले जनाएको छ बैंकले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म ८० प्रतिशत हकप्रद बिक्री गर्दा अवितरित सेयर लिलामी बढाबढमा विक्री गर्न लागेको हो । लिलामी भर्ने अन्तिम दिन माघ १० गते रहेको छ २६ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालू आवको प्रथम त्रैमासमा १० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी एक रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?