राष्ट्र बैंकले नयाँ विशेषतासहितको सयको नोट बजारमा पठायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता सहित नयाँ नोट आजबाट बजारमा ल्याएको छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ । आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ । साथै नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ ।

सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?