कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा तय, यी हुन् परीक्षामा सहभागी हुन पाउने आधारहरु

काठमाडौं । कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी कात्तिक ३० र मंसिर १ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको जनाएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई कात्तिक २२ गतेभित्र परीक्षा आवेदन फाराम बुझाउनु पर्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कात्तिक कात्तिक ३० गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ भने मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेको परीक्षा हुनेछ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।

ग्रेड परीक्षामा सहभागी हुन पाउने आधारः

  1. अन्य सबै विषयमा C+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा C वा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त विषयमा दुई जा ती दुई मध्य कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन् ।
  2. अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेढ वृद्धि परीक्षा दिन सक्नेछन् ।
  3. परीक्षाफल रद्द भएका परीक्षार्थीहरु ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?