कश्मीर र पाकिस्तानमा शक्तिशाली भूकम्पको धक्का !

काठमाडौं – पाकिस्तान र भारतको सीमाक्षेत्रमा आज ५ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ८ देखि १० मिनेटसम्म कम्पन भएका कारण बढी क्षति पुगेको छ ।
कश्मीर क्षेत्रमा यसको बढी प्रभाव परेको छ । भूकम्पले इस्लामाबाद, अजब, कश्मीर, पेशावर, रावलपिण्डी र लाहोरमा समेत ठूलो धक्का महसुश भएको र गुजरात, चित्राल लगायत क्षेत्रमा यसको असर परेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएको छ ।

कतिपय सहरमा ठूला पक्की सडक समेत भत्किएका छन् । अहिले दुबै तर्फका सैनिक तथा सुरक्षाकर्मीहरु प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएको सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?