नेपालमै पहिलाे पटक ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रम हुँदै

काठमाडौं । लाइब नेपाल र साधना कला केन्दको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ हुने भएको छ । तीन दशकदेखि निरन्तर अभिनयमा सक्रिय महानायक राजेश हमालको सम्मानस्वरुप यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रम यही असोज १२ गते होटल सोल्टी क्राउन प्लाजामा हुनेछ । यो कार्यक्रम नेपालमै पहिलोपटक हुन लागेको आयोजकले दावी गरेको छ । कार्यक्रममा अभिनेता हमालले अभिनय गरेका चलचित्रका गीतहरु प्रस्तुत गरिनेछ भने भारतमा समेत ख्याती कमाएकी साधना सरगमसमेत कार्यक्रममा उपस्थिति रहनेछ ।

यस्तै कार्यक्रममा सहभागी हुन अर्का गायक इन्द्रजीत मिजार पनि नेपाल आउने आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । साधना सरगम र इन्द्रजीत मिजारले थुप्रै नेपाली गीतमा समेत स्वर दिनुभएको छ । साथै कार्यक्रममा नेपालका प्रसिद्ध गायकगायिकाहरुको समेत उपस्थिति रहने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?