कृषि विकास बैंकको रकम निकाल्नमा कर्मचारीकै मिलेमतो, यस्ताे छ खुलाशा

काठमाडौं । मंगलबार कृषि विकास बैंकको लाहान शाखाबाट पैसा चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।

प्राप्त जानकारीअनुसार बैंकको सोही शाखामा कार्यरत तीन जना कर्मचारीले आफ्नो युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिलाई दिई सो शाखाका सात जना ग्राहकको खाताबाट रकम ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चोरीको घटनामा संलग्न कर्मचारीको पहिचान भइसकेकाले उनीहरु अहिले प्रहरी नियन्त्रण रहेका छन् । यस घटनाका बारेमा प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।

साथै लहान शाखाका शाखा प्रमुख र ऋण शाखा प्रमुखको खाताबाट रकम चोरी भएको हो तर उक्त खाताबाट कति रकम चोरी भएको भन्ने जानकारी भने आइनसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?