एनआरएनएकाे अध्यक्षमा आचार्यकाे उम्मेदवारी, यस्ता छन प्रतिबद्दताहरू

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आचार्य संघको वर्तमान उपाध्यक्ष हुनुहुन्छ । साथै आगामी दुइ वर्ष अर्थात २०१९-२०२१ सम्म रहने कार्यकालको लागी उहाँले उम्मेद्दारी दिनुभएको हो ।

आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको पनि उहाँले बताउनुभयो । भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणासभा मार्फत उमेद्दारी घोषणा गरिएको हो ।

एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत रहेको घोषणा सभामा उहाँले बताउनुभयो ।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पछि आचार्यले संघको उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढ्ने पनि बताइएको छ ।

त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गर्नुभयो ।

एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिएको पनि आचार्यले बताउनुभयो । साथै उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पु९याउन निर्णायक पहल गर्ने पनि बताउनुभयो ।

नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने प्रतिवद्दतामा उल्लेख गरिएको छ ।

यसै विषयमा उहाँले जोड्नुभयो ‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ । ‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्नेछु।’

अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढी भन्दा बढी मुलुकहरुसंग दवीपक्षीय लगानी प्रवर्द्र्धन तथा परियोजना सहमति एवं दोहोर कर मुक्ती सम्झौताहरु गर्न नेपाल सरकारसंग संस्थागत पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताउनुभयो ।

नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने पनि उहाँले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्ने समेत कार्ययोजना सार्वजनिक गरेको बताउनुभयो ।
संघ अन्तर्गत गत बर्ष स्थापना भएको नेपाल पलिसी इन्टिच्युटलाई स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरि थप प्रभावकारी बनाउने र एनआरएनए एकेडेमि स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताउनुभयो ।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्। त्यसैगरि आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु९याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

दोश्रो पुस्तालाई नेपालसँग जोडन विदेशमा हुर्किएका किशोरकिशोरीलाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ बर्षमुनिका युवाहरुलाई सम्मान गरि एनआरएनए अभियानसंग आवद्ध गर्ने समेत प्रतिवद्धता जनाइएको छ।

आचार्यले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, संघकोतर्फबाट हरेक मुलुकमा सम्वन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरि नेपाल सरकार र पर्यटन बोर्डसंग समन्वय गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याउन जोड दिने समेत बताउनु भएको छ ।

आफ्नै नेतृत्वमा नेपाल पत्रकार महासंघ बेलायत शाखासँग सहकार्य गर्दै एनआरएनए अन्र्तराष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतबाट स्थापना भएको स्मरण गर्दै दुई बर्षभित्र उक्त पुरस्कारको रकम दोव्वर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी उनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आगामी एक बर्ष भित्र केन्द्रियस्तरमा प्रतिष्ठित “एनआरएनए भाषा, साहित्य पुरस्कार कोष” स्थापना गर्न पहल गर्ने समेत बताउनुभएको छ ।

घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरु एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरुको सल्लाहमा अध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताए। उनले आफुले एनआरएनलाई नयाँ शिरा बाट अगाडी बढाउने बताउँदै अव दुई बर्ष भित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने पनी बताउनुभयाे ।

नेपालको पर्वत जिल्ला धाइरिङमा जन्मिनुभएका ४७ वर्षीय आचार्य दुई दशकदेखि बेलायतमा विभिन्न व्यवसायमा आबद्ध हुनुहुन्छ । सन् २००३ देखि एनआरएनएको अभियानमा सामेल हुनुभएका आचार्य २००७ बाट विभिन्न भूमिकामा सक्रिय रहँदै काम गर्दै आइरहनुभएको छ ।

गैर आवासीय नेपाली संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकको रुपमा काम गरिसकेका उनी हाल केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।साथै संघको संयुक्त लगानी कोष निर्माण, एनआरएनए डेक्स स्थापना, शंखमुलपार्क निर्माण लगायतका संघले सन्चालन गरेका थुप्रै परियोजनाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरि परियोजनाहरू सफल बनाइसक्नुभएको छ ।

याे पनि
एनआरएनएको अध्यक्षमा आचार्यले औपचारिक उम्मेदवारी घोषणा आज गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?