घट्यो कतारी रियालको विनिमयदर,अरुको के छ अवस्था?

काठमाण्डौ – नेपालले विश्वका धेरै मुलुकसँग विनिमयदर निर्धारण गरिएको छ । अाज अन्य देशका मुद्राको विनिमयदर बृद्दि भएको छ  भने कतारी रियालको मुल्य घटेको छ ।

बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा थियो ।

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४१ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २६ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १६ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९१ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७० पैसा रहेको थियो ।

यूएई दिराम १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८  पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ १० पैसा बिक्रीदर २७ रुपैयाँ २४ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ ०९ पैसा बिक्रीदर २७ रुपैयाँ २३ पैसा रहेको थियो ।

बुधबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । मंगलबार पनि खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?