लाहान शाखाका सबै कर्मचारी परिवर्तन : यसरी जोगियो झण्डै २ करोड रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकबाट अबैधानिक रकम निकालिएको घटनाले नेपालमा खैलाबैला मच्चिएको छ । घटनाका विषयमा छानबिन गर्नका लागी ४ सदस्यीय छानबिन कमिटी गठन गरिएको छ । उक्त छानबिन समितीको संयोजक बिनोद कोइराला रहनुभएको छ ।

उपमहाप्रवन्धक दीर्घ अर्यालका अनुसार लहान स्थित कृषि विकास बैंकको ह्याक भएको शाखाको सिस्टम परिवर्तन गरिएको छ । साथै सबै कर्मचारी समेत परिवर्तन गरिएको छ । कृषि बिकास बैंकका लाहानका शाखा प्रमुख रामसेवक यादव हुनुहुन्थ्यो । बैंकको सिस्टम ह्याक गर्नका लागी २४ भन्ने सफ्टवेयर प्रयोग गरिएको थियो । जसलाइ एकदम मजबुद किसिमको सफु्टेवयर मानिन्छ ।

बैंकको रकम निकालिएको आशंकामा प्रहरीले ११ जनालाइ प्रक्राउ गरिसकेको छ । प्रक्राउ परेका केही व्यक्ति त्यहिका ऋणी रहेको पाइएको छ ।

साथै २४ भन्ने सफ्टवेर प्रयोग गरि एकै व्यक्तिले ४ करोड ८८ लाख ट्रान्सफर गर्न खोजेको पनि अनुसन्धाले देखाएको छ । त्यसमध्ये १ करोड ८४ लाखले जोगिएको छ भने ३ करोड ४ लाख सिस्टमबाट एकाउन्टमा ह्याक गरेर ट्रान्सफर गरिएको छ ।

त्यहाँबाट छुट्टा छुट्टै निकालेको ३१ लाख , २९लाख , १० लाख र ६० लाख समेत पक्राउ गरिएका व्यक्तिहरुबाट बरामद गरिएको अपराध अनुसन्धान महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?