काठमाडौं । नेपालका विभिन्न बैंकहरु ह्याक गरी ५ अर्ब रुपैयाँ विदेश लैजाने योजनालाई १२ जनालाई प्रहरीले असफल पारिदिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने समूहका १२ जनालाई पक्राउ गरेसँगै तत्कालका लागि ५ अर्ब रुपैयाँ गिरोहको हात पर्न जोगिएको छ ।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ह्याकर समूहले नेपालका बैंकबाट पाँच अर्ब रकम लुट्ने योजना बनाएको थियो । एसएसपी थापाले भने, ‘‘विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट पाँच अर्ब रुपैयाँभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’’
नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट रकम निकाल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी थापाको भनाई छ ।
कृषि विकास बैंकबाट हालसम्म चार करोड ७३ लाख ९६ हजार ह्याक भएको र अरु ह्याक भएको रकमको बारेमा अनुसन्धान जारी रहेको महाशाखाका एसएसपी थापाले बताउनुभयो ।
आइतबारबाट रकम ह्याकविरुद्धको अपरेसन सुरु गरेको प्रहरीले ७२ घण्टामा काठामाडौंका विभिन्न स्थानबाट सबै १२ जनालाई पक्राउ गर्न सफल भयो ।
केही समयकोे अन्तरालमा अवैध रुपमा बैंकको पैसा निकाल्ने २वटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ । जसले अरबौं रुपैयाँ चोरेर विदेश पठाउने योजना बनाएका थिए ।
यसअघि, प्रहरीले चिनियाँ ह्याकरहरुको समूहलाई अवैध रुपमा पैसा झिक्दै गरेको अवस्थामा थाहा पाएको छोटो समयमा नै काठमाडौंबाट पक्राउ गरेको थियो । हाल आएर अर्को नयाँ प्रविधिको प्रयोग गरेर नेपालका बैंकबाट अरबौं रकम चोरेर भारत लैजाने योजना बनाएको अर्को समुहलाई पनि पक्राउ गर्न सफल भएको छ । जसलाई नेपाल प्रहरीको राम्रो सफलता मान्न सकिन्छ ।
याे पनि पढ्नुहाेस्ः
कृषि विकास बैंक ह्याकिङमा संलग्न १२ जना सार्वजनिक, मुख्य योजनाकार काले !
कृषि विकास बैंक हृयाकिङका योजनाकार काले रहेको खुलासा, काे हुन काले ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया