एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गतका बुधबार राति भएको खेलमा ओसासुनालाई २(० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको छ ।
रियललाई जित दिलाउन भेनीसीएस जुनियर र रोड्रीगोले समान एक एक गोल गरे । रियलले दुवै हाफमा एक एक गोल गरेको थियो ।सान्टियागो बेर्नाबेउमा खेलको ३६ औं मिनेटमा जुनियरले गोल गर्फ्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ७२ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ । रियल एट्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिकोको ६ खेलमा १३ अंक रहेको छ ।
एट्लेटिकोले मंगलबार राति मालोर्कालाई २-० ले हराएको थियो । १० खेलाडीमा सिमित बनेको एट्लेटिकोलाई जित दिलाउन डिएगो कोस्टा र जोया फेलिक्सले एक एक गोल गरे ।
यस्तै खेलको ७७ औं मिनेटमा अल्भारो मोरटाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया