काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै रहने भएको छ । मौसमविदहरूले यसपाली दशैं घमाइलो नहुने अनुमान गरेका छन् ।
यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ ।
दशैंको सुरुवाती दिनसम्मै मनसुन रहने पक्का भएकाले पानी पर्ने खतरा मौसमविदहरुले औंल्याएका छन् ।
दशैंको सुरुवाती दिनपछि मनसुन रहने या बाहिरिने भन्नेबारे अहिले नै यकिन गर्न नसकिने भएकाले त्यसपछिका दिनको मौसम कस्तो हुन्छ भन्नेबारे भने मौसमविद्ले केही बताएका छैनन् । दशैंको विशेषता घमाइलो मौसम भए पनि यस वर्ष त्यस्तो रौनकता नहुने अनुमान माैसमविदको छ ।
दशैंमा पानी पर्ने प्रक्षेपण गरेका मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरूले अबका ३ दिन देशभर बदली भई वर्षा हुनसक्ने सम्भावना छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव रहेकाले त्यसबाट वर्षा हुनसक्ने महाशाखाको भनाइ छ ।
हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम खालको भइरहेको छ भने बाँकि भु-भागमा पनि बर्षा हुने सम्भावना रहेको छ।
माहशाखाले निकालेको आगामी ३ दिनको मौसम
असोज ०९ गते (बिहिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १० गते (शुक्रबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ११ गते (शनिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया