प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब नाघ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित १२ दशमलव ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेसँगै चुक्ता पूँजी रू. २ अर्ब नाघेको छ ।

विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ७८ करोड ४८ लाख ३५ हजारको आधारमा बोनस वितरण गर्ने निर्णयलाई सर्वसम्मत पारित गरेको छ। बोनसपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ७९ लाख ३९ हजार ३ सय पुगेको छ।

कम्पनीले असोज ७ गते मंगलवार विशेष साधारणसभा मार्फत बोनसको प्रस्ताव पारित गरेको हो।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको यस कम्पनीले सातैओटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दा बढी स्थानबाट सेवा दिइरहेको छ। साथै यस कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमा लेखहरू प्रचलनमा ल्याएको छ ।

उक्त विशेष साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको रू.१ करोड १७ लाख ४२ हजार बराबरको नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार रू. २ अर्ब चुक्ता पूँजी पुयाउन बोनसको साहरा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?