मलेसिया, साउदी, कतार, दुबई लगाएत देशहरुको पैसाको मूल्य बढ्यो (हेर्नुहोस् सूचीसहित)

काठमाण्डौ – आज सबै विदेशी मुद्राको विनिमयदर बढेको छ भने कोरियन वनको विनिमयदर भने घटेको छ ।

नेपाल राष्ट्रबैंकले बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा तोकेको छ । बुधबार खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९१ पैसा रहेको थियो ।

आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो ।
आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २४ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ४१ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा बिक्रीदर २७ रुपैयाँ २० पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ १० पैसा बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १६ पैसा रहेको थियो ।

कोरियन वनको भाउ आज बिहीबार केही घटेको छ । १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?