नेप्सेमा सुधार, कारोबारमा भने गिरावट

काठमाडौं, २४ पुस । साताको पहिलो दिन आइतबारको सेयरबजारमा सामान्य सुधार आएको छ । कारोबारमा आएका अधिकांश समूहको समूहगत उपसूचक सकारात्मक रहेपछि बजार करिब ८ अंकले कढेको छ नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने गिरावट आएको छ आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको थियो यसदिन १५७ कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १७ करोड कम हो । गत विहिबार ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड २७ लाखको सेयर किनबेच भयो । करिब आठ अंकले नेप्से बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ७२ अर्ब कायम भएको छ साथै वित्त र अन्य समूहका बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १६५ अंकले बढेको छ मल्टीपरपोज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टलरी तथा सिनर्जी पावर लगायतको कम्पनीको सेयरमूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?